काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयाेजना टुंगाेमा पुग्ने गरि काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयाेजना प्रमुखहरूसँग चालू आर्थिक वर्षका कामबारेकाे समीक्षा बैठकमा उहाँले सम्पन्न गर्न सकिने याेजनाहरूकाे काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराउनुभयाे । कुनै पनि आयाेजनामा केही समस्या भए त्यसलाई समाधानका लागि शहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाई स्वीकार्य नहुने बताउनुभयाे ।
अब कुनै पनि बहाना चल्दैन । जनताले डेलिभरी चाहेका छन् । हामीले डेलिभरी दिनैपर्छ । काममा कहाँ कहाँ समस्या छ, समाधानका लागि मन्त्रालयकाे तहबाट गर्ने समन्वय हुन्छ,´उहाँले भन्नुभयाे, तर, कामहरू सन्ताेषजनक देखिएकाे छैन । कामकाे गति बढाउनुस् । आयाेजनाहरू छिटाे छिटाे सम्पन्न गराैं ।
´ गत शुक्रबार बसेकाे समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामकाे गति बढाउने लिखित कार्ययाेजनासहित आउन भन्नुभएकाे थियाे । आज विभागिय प्रमुखहरूले आफ्नाे कार्यालयले प्राप्त गरेकाे उपलब्धि र चालू कामबारे जानकारी गराएका थिए । अहिले कामकाे प्रगति कम देखिएपनि अब गति बढाउने बताएका छन् ।
उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै उहाँले समिक्षा बैठकमा भएकाकुराहरुलाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरि काम गर्न पुन: सचेत गराउनुभएकाे छ । शहरी विकास मन्त्री सिंहले मन्त्रायल र मातहतका विभागबाट हुने काम समयमै सक्ने गरि गर्नुपर्नेमा जाेड दिँदै आउनुभएकाे छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend