लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकर प्राध्यापक डाक्टर रामप्रसाद दाहालले दर्पणको लोकार्पण गर्दै कैलासको यस कविता सङ्ग्रहमा समाजका बेथिति र राजनीति ब्यङ्यको तीखोपन केलाइएको छ भन्दै उहाँको लेखनीमा सुन खारिएर सकिन्छ , नून गलेर सकिन्छ , बती जलेर सकिन्छ मानिस ले समय चिन्न सकेन भने उ पनि सकिन्छ नै पद पोस्ट कसैको प्यावा होइन ,नेता नाता पनि भोलि जनताको अँ।खाबाट सकिन्छन भन्ने कुरामा दर्पण कविता सङ्ग्रहमा राम्ररी कवितात्मक भाषामा चित्रण गरिएको छ छ भन्नू भयो ।
कार्यक्रमको सभापतित्व साहित्यकार अनेसास नेपालका अध्यक्ष कवि राजेन्द्र केसीले गरेको सो कार्यक्रममा कृतिका लेखक कैलाश पोखरेलले आफ्नो भोगाइ दुख सुख वर पर छर छिमेकी र गाउले जीवन देखेर भोगेर लेखिएको यसमा कविताहरु राखिएको छ भनु भयो ।
कार्यक्रममा कविहरु राधा दुवाल कार्की , ऋषभदेव घिमिरे , कृष्ण बाउसे , रन्जना निरोला ,दिब्य गिरी , बिदुर निरोला द्वारिका कुइकेलले समसामयिक विशेष कविताहरु बाचन गरेका थिए । कृति माथि समालोचक प्रा डा नन्दीश अधिकारी ,” प्रा माधव घिमिरे प्रा मुकुन्द दाहाल जया छाङछा राइ, लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए । प्रेरक पोखरेलले धन्यवाद दिएको कार्यक्रममा साहित्यकार सविन पोख्रेलले स्वागतमन्तव्य व्यक्त गरेका थिए ।