काठमाडौँ: कुमारी फाउन्डेसनले जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताललाई करिब तीन करोड रुपैयाँभन्दा बढी मूल्यका स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा फाउन्डेसनका अध्यक्ष राजीव विक्रम शाहले नगर प्रमुख रत्नबहादुर खड्कालाई उक्त उपकरणहरू हस्तान्तरण गरेका छन्।

विशेष गरी अस्पतालमा बिरामीको उपचारमा अत्यावश्यक उपकरणहरू नहुँदा सेवामा कठिनाइ भइरहेको बेला यस्तो सहयोगले जाजरकोटजस्ता पिछडिएको क्षेत्रमा जीवन रक्षाको नवआशा दिलाएको छ।
मन्त्री शाहले सामाजिक रूपान्तरणका अगुवा पात्रका रूपमा पहिचान बनाउँदै आएका छन्। शाहले “विकास सरकारको मात्रै जिम्मेवारी होइन, हामी नागरिकको पनि कर्तव्य हो” भन्ने धारणा राख्दै निरन्तर समाजसेवामा सक्रियता देखाउँदै आएका छन्। शाहको नेतृत्वमा कुमारी फाउन्डेसनद्वारा गरिएको यो पछिल्लो सहयोग स्वास्थ्य, शिक्षा र मानव सेवाका क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने दृष्टिकोण हो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend