काठमाडौं: हालैको विपत्पछि सडक सफाइ अभियानमा Gen-Z युवाहरू सक्रिय रूपमा खटिएका छन्। ध्वस्त बनेको देशलाई पुरानै लयमा फर्काउन उनीहरूले “निर्माण सेना” बनेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सडक सफाइ अभियानमार्फत सुरुआत गरे पनि उनीहरूको उद्देश्य केवल सरसफाइमा सीमित छैन। देशभर पुनर्निर्माण, मर्मत–सम्भार र पुनःसंरचना कार्यमा सक्रिय भूमिका खेल्ने तयारीमा रहेको उनीहरूले बताएका छन्।
“हामी निराश भएर बस्दैनौं, उठ्छौं र देशलाई फेरि उस्तै गतिमा ल्याउँछौं,” अभियानमा सहभागी एक युवाले टेलिफोनमार्फत जानकारि दिएका छन ।
स्थानीय बासिन्दा र सरोकारवालाहरूले युवाहरूको यो कदमलाई स्वागत गर्दै यिनै पुस्ताले देश पुनःनिर्माणमा ठोस भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend