logo

२०८३ असोज २८ बुधबार

बागबजारको सल्यान हाउसमा बिज एजुकेसनको ‘जर्मनी विङ्स’ सञ्चालनमा

बागबजारको सल्यान हाउसमा बिज एजुकेसनको ‘जर्मनी विङ्स’ सञ्चालनमा


हाम्रो राष्ट्र
  • आइतबार, १८ असोज २०८३
  • 117
    SHARES

    काठमाडौं — वैदेशिक अध्ययन परामर्श क्षेत्रमा क्रियाशील संस्था बिज एजुकेसन (Bizz Education) ले काठमाडौंको बागबजारस्थित सल्यान हाउसमा आफ्नो नयाँ ‘जर्मनी विङ्स’ (Germany Wings) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। जर्मनीमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी आवश्यक परामर्श, भाषा कक्षा तथा भिसा प्रक्रिया सहज बनाउने उद्देश्यले यो शाखा सञ्चालन गरिएको हो।

    उद्घाटन समारोहमा बिज एजुकेसन जर्मनीका निर्देशकद्वय स्कन्द अमात्य र नेहा श्रेष्ठ अमात्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशकद्वयले जर्मनीमा नेपाली विद्यार्थीहरूका लागि बढ्दो आकर्षण र अवसरहरूबारे प्रकाश पार्नुभयो। साथै, बिज एजुकेसनले विद्यार्थीहरूका लागि भर्ना र भिसा प्रक्रियामा सधैँ पारदर्शी, आधिकारिक र पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्दै आयोजक संस्था बिज एजुकेसनका निर्देशक हरि कार्कीले नेपाली विद्यार्थीहरूका लागि जर्मनीको शिक्षाको महत्त्व र फाइदाहरूबारे स्पष्ट पार्नुभयो। जर्मनीमा उपलब्ध विश्वस्तरीय शिक्षा, किफायती शुल्क, तथा अध्ययनपछिको उत्कृष्ट रोजगारीका अवसरहरूले गर्दा यो नेपाली युवाहरूका लागि एक प्रमुख वैदेशिक अध्ययन गन्तव्य बन्दै गएको उहाँले बताउनुभयो।

    समारोहमा गिस्मा युनिभर्सिटी अफ एप्लाईड साईन्सेज (GISMA University of Applied Sciences) का नेपाल प्रतिनिधि दिनेश श्रेष्ठ तथा आर्डेन युनिभर्सिटी (Arden University) की सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर निलम शर्मा (Ms. Neelam Sharma) को समेत आतिथ्यता रहेको थियो। उहाँहरूले आफ्नो विश्वविद्यालयअन्तर्गतका क्यारियर-केन्द्रित शैक्षिक कार्यक्रम, अध्ययनपछिको रोजगारीका अवसर र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्ति सम्बन्धी विविध जानकारी साझा गर्नुभयो।

    नयाँ शाखा सञ्चालनसँगै बिज एजुकेसनले विद्यार्थीको प्रोफाइल मूल्याङ्कन, जर्मन भाषा तयारी, विश्वविद्यालय आवेदनदेखि भिसा प्रोसेसिङसम्मका सम्पूर्ण सेवाहरू बागबजारस्थित ‘जर्मनी विङ्स’ बाट प्रदान गर्ने बताएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend