logo

२०८३ असोज २८ बुधबार

इप्क्यान (EPCAN) द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

इप्क्यान (EPCAN) द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, १५ बैशाख २०८३
  • 1.5K
    SHARES

    काठमाडौँ, ११ वैशाख २०८३ – शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (EPCAN) ले नयाँ वर्ष २०८३ को पावन अवसरमा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। बागबजारस्थित हार्दिक होटलमा आयोजित उक्त कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै इप्क्यानका अध्यक्ष अर्जुन कुमार बस्नेतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नयाँ वर्ष २०८३ ले सबै सदस्यहरूमा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्दै संस्थागत एकता र साझा दृष्टिकोणलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष बस्नेतले भन्नुभयो, “यो जमघट केवल उत्सव मात्र नभई हाम्रो एकता र सहकार्यलाई प्रगाढ बनाउने एउटा महत्वपूर्ण मञ्च पनि हो।”

    कार्यक्रमको सुरुमा इप्क्यानका सचिव मदन उप्रेतीले उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई स्वागत गर्दै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना साझा गर्नुभएको थियो। उहाँले संस्थाको हित र व्यवसायीहरूको हकहितका लागि आगामी दिनमा अझ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सोही अवसरमा अष्ट्रेलियास्थित स्काईलाइन इन्टरनेशनल (Skyline International) का प्रतिनिधि भूपेन्द्र घटानेले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँले इप्क्यानका सदस्यहरूसँग भविष्यमा अझ नजिक रहेर काम गर्ने र व्यावसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आश्वासन दिनुभयो।

    दिउँसो १:०० बजे देखि ४:०० बजेसम्म चलेको उक्त कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरूले एक-आपसमा शुभकामना साटासाट गर्दै पेशागत चुनौती र अवसरका बारेमा समेत छलफल गरेका थिए। कार्यक्रमले इप्क्यान परिवारभित्रको सहकार्य र आत्मीयतालाई थप प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमको अन्त्यमा संघका सहायक कोषाध्यक्ष विवेक शिवाकोटीले धन्यवाद मन्तव्य राख्दै उपस्थित सबै सदस्य र अतिथिहरूमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। उहाँले इप्क्यानको गरिमा बढाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend